९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु

इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

ड्युटीमा रहेका सिंह तीन दिनअघि अचानक बिरामी परेका थिए।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई सुरुमा स्थानीय मेडिकलमा उपचार गरिएको थियो। त्यसपछि जिल्ला अस्पताल दैलेख हुँदै थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो।

उपचारकै क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख पुष्पराज रोकायाले जानकारी दिए।

सिंह इलाका प्रहरी कार्यालय नौमुलेको सञ्चार शाखामा दरबन्दी भई कार्यरत थिए।

प्रकाशित: ९ कार्तिक २०८३ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App