अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएका प्रहरी नायव निरीक्षक गोपाल खत्री ‘बेस्ट पोलिस अफ द मन्थ’ अर्थात् महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
विगत १४ वर्षदेखि प्रहरी सेवामा रहेर अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा निरन्तर क्रियाशील खत्रीले आफ्नो जिम्मेवारी इमानदारी, लगनशीलता र व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै आएका छन्।
अपराध अनुसन्धानमा देखाएका सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
प्रकाशित: २ मंसिर २०८३ १६:५२ बुधबार



-600x400.jpg)

