बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिए।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उनले बताए।
घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएका छन्। बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रकाशित: १९ असार २०८३ १७:२६ शुक्रबार




-600x400.jpg)