३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

नौ महिनामा एक थान मात्र भ्रष्टाचारसम्बन्धी मुद्दा!

चालु आर्थिक वर्षको ९ महिना अवधिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा एउटा मात्र भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आवको चैत महिनामा भ्रष्टाचार सम्बन्धी एउटा मुद्दा दर्ता भएको हो। प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१।८२ मा अख्तियार दुरुपयोग सम्बन्धी तीनवटा तथा आव २०८०।८१ मा छ थान मुद्दा थिए।

प्रशासन कार्यालयले चालु आवमा पाँचवटा वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ। अघिल्लो आव २०८१।८२ भरमा सातवटा वटा र २०८०।८१ मा १३ वटा वैवाहिक अंगीकृत नागरिकता जारी भएका थिए। आव २०८१।८२ को चैत मसान्तसम्मा ताप्लेजुङबाट एकथान पनि गैर आवासीय नेपाली नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ। आव २०८१।८२ र २०८०।८१ मा भने मा भने यहाँबाट क्रमशःआठ र छवटा गैर आवासीय नेपाली नागरिकता जारी भएका थिए।

चालु आवको चैत मसान्तसम्ममा जन्मका आधारमा वंशजको नागरिकता जारी भएका छैनन्। आव २०८१।८२ मा पनि जन्मको आधारमा दिइने वंशजको नागरिका जारी भएका थिएनन् भने आव २०८०।८१ मा भने यस्तो प्रकृतिका चारथान नागरिकता जारी भएका थिए। प्रशासन कार्यालयले चालु आवको चैत महिनामा कार्यालयबाटै एकसय ६८ जनाको निःशुल्क रूपले अनलाइन राहादानी फारम भरिदिएको छ।

प्रशासन कार्यालयका अनुसार नागरिक सहायता कक्षबाट चारसय छ जनालाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न कागजातका प्रतिलिपि निःशुल्क उपलब्ध गराईएको छ। प्रशासन कार्यालयमा चालु आवको चैत मसान्तसम्ममा दुई सय ४५ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण सच्याउन आवेदन दिएका छन्। एक हजार चार सय १४ जनाले राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराई खोजीका लागि आवेदन दिएको प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: ३ वैशाख २०८३ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App