सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय महम्द फारूकलाई पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा फारूकले अवैध हतियार प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
हतियारसहित पक्राउ परेका फारूकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताए।
प्रकाशित: ४ कार्तिक २०८३ १४:५५ बुधबार





