४ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

अन्तरजातीय जोडीलाई एक लाख नगद

मुगुको छायानाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए। 

छायाँनाथ रारा नगरपालिकाबाट पारित दलित ऐन, २०८० अनुसार अन्तरजातीय बिवाह गर्ने जोडीलाई एक लाख उपलब्ध गराउने व्यवस्था भए अनुसार दुई जना जोडीलाई एक एक लाख रकम उपलब्ध गरिएको छ ।  उनले भने, ‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रम सुरू गरेका हौं।’  

मेयर भामका अनुसार छायाँनाथ रारा नगरपालिका १० झाकोटका बिक्रम बहादुर नेपाली र पवित्रा चौलागाईं तथा छायाँनाथ रारा नगरपालिका १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवालको जोडीलाई प्रोत्साहन स्वरूप सम्मान तथा नगद रकम हस्तान्तरण गरिएको हो। 

प्रकाशित: २९ आश्विन २०८३ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App