१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

गैंडाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका-२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। ठक्कर दिने सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। रासस

प्रकाशित: ९ वैशाख २०८३ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App