३ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

वनभित्र बन्दुक पड्किँदा कैलालीमा एककाे मृत्यु

कैलालीकाे बर्दगोरिया गाउँपालिका-३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया-३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।

उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको  अनुसन्धान जारी रहेको बताए। प्रहरी निरीक्षक  विष्टले भने 'बन्दुक कसले र किन चलाएको अथवा विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने  एकीन हुन नसकेको छैन।' रासस

प्रकाशित: ३ भाद्र २०८३ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App