नेपाल-क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार (आज) बस्ने भएको छ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल-क्यानडा संसदीय सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने समूहका संयोजक कविन्द्र बुर्लाकोटीले बताए।
बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल-क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित: १४ आश्विन २०८३ ०६:२८ बुधबार





