२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति प्रदान गर्ने

नेपाली सेनाले खरिपाटीस्थित  कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रस्तावपछि नेपाली सेनाले उक्त छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।  नेपाली सेनाले सञ्चालन गरेको  ईएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायण वासीलाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको हो ।

चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबिच चार जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सातबुँदे समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर पछि शुक्रवार नै  नगर प्रमुख खत्रीले दुवै पक्षबिच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट उक्त विषयको लागि  छनौट हुने प्रत्येक विषयमा एक/एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति उपलब्ध गराउने  घोषणा गरेका छन् । यो निर्णयसँगै नगरवासीले थप दुई वटा कोटामा अध्ययन गर्न पाउने भएका हुन । 

महाविद्यालयले भर्नाका लागि आवेदन खुल्ला गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका आफैले सूचना प्रकाशित गरी आवेदन माग गरी चार जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनोट गरी पठाउने नगरप्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित: २३ श्रावण २०८२ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App