२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सप्तरीको महादेवाबाट करिब चार सय केजी गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले साउन २३ गते करिब ३ सय ९७ केजी गाँजा बरामद गरेको छ ।

शुक्रबार बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरेको हो ।  

महादेवा पोखैर नहरको झाडीमा बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको हो ।  

त्यस्तै बारा जिल्लाको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडक खण्डबाट साउन २३ गते करिब ३२ केजी गाँजा बरामद भएको छ ।  

साइकलमा लोड गरी बेवारिसे अवस्थामा राखेको ४ प्याकेट गाँजा सशस्त्र प्रहरी बल सुरक्षा बेश तेलकुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।  

बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको  छ ।

प्रकाशित: २३ श्रावण २०८२ १३:२८ शुक्रबार