१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

एनसेलको केन्द्रीय कार्यालयमा तोडफोड, कम्पनीद्वारा दुई दिने निःशुल्क सेवा घोषणा

एनसेलले देशभर हालै विकसित दुर्भाग्यपूर्ण घटनाक्रमबाट मर्माहत भएको जनाउँदै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

कम्पनीले परिवर्तन र संकटको समयमा आम उपभोक्तालाई देश-विदेशमा रहेका आफन्तजनसँग सम्पर्क निरन्तर राख्नु आफ्नो प्राथमिकता भएको बताएको छ।

मंगलबार एनसेलको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड गरेका छन्। कम्पनीले दूरसञ्चारजस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने जनाएको छ। त्यसैले यस्ता अत्यावश्यक सेवा र सम्पत्तिमा कुनै क्षति नपुर्‍याउन र अविरल सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेको छ।

उपभोक्तालाई सहज सञ्चारको पहुँच सुनिश्चित गर्न आजदेखि लागू हुने गरी आगामी दुई दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको एनसेलले जानकारी गराएको छ। 

यस्तो छ विज्ञप्ति

एनसेलको हार्दिक अनुरोध!

हामी एनसेल परिवार देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएका छौं । यस दुःखद घडिमा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौं ।    

आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्नु हाम्रो प्राथमिकता हो ।  

आज २०८२ साल भाद्र २४ गते मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड भएको छ । दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ । त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्‍याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं ।  

उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको लागि, आजदेखि लागु हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराउँदछौं ।    

एनसेल परिवार

प्रकाशित: २४ भाद्र २०८२ २०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App