सेवाग्राहीको चापलाई लक्षित गरी राष्ट्रिय परिचय पत्रको सेवा शनिवार समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध हुने भएको छ ।
आउने शनिबार भदौ २१ गते सेवाग्राहीलाई लक्षित गरी राष्ट्रिय परिचय पत्र बनाउने सेवा प्रशासन कार्यालयमा उपलब्ध हुने भएको हो।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सेवाग्राहीको अत्यधिक चापलाई मध्यनजर गरी शनिबार समेत राष्ट्रिय परिचय पत्रकाको सेवा उपलब्ध हुने बताए । राष्ट्रिय परिचयपत्र पत्र अनिवार्य गरिए पछि अहिले प्रशासन कार्यालयमा परिचयपत्र पत्र बनाउन आउनेको भीड लाग्ने गरेको छ । चाप बढे पछि परिचय पत्र बनाउने फाँटमा एउटा काउन्टर समेत थपिएको प्रजिअ तामाङले बताए।
यस अघि त्यहाँ २ काउन्टर मात्र रहेमा एउटा थपिएको हो । प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढे पछि कुपन प्रणाली लागु गरिएको छ । दैनिक सय देखि डेढ सय बढीको फारम भर्ने गरिएको छ । कपिलवस्तु महाराजगज, बुद्धभुमी नगरपालिका तथा यशोधरा, मायादेबी र सुद्धोदन गाउँपालिकाका सेवाग्राही प्रशासन कार्यालयमा सेवा दिँदै आएको प्रजिअ तामाङले बताए ।
प्रकाशित: १८ भाद्र २०८२ १८:३१ बुधबार





