नागढुंगाभन्दा अलिकति तल पातले वनमा सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ।
पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलबाहेक अन्य सवारीको लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको सडक विभागले जनाएको छ।
सडक भासिएपछि पातले वनमा एकतर्फि सडक सञ्चालन गरिएको छ। अध्ययनपछि मात्र मर्मतको काम सुरु हुने विभागले जनाएको छ।
यस्तै, धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि १०० मिटरको नयाँ ट्रयाक खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १२:०२ बुधबार

