१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

एमभीआईसीद्वारा ‘व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकास’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न

मिड–भ्याली इन्टरनेशनल कलेजले ‘व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकासका लागि नवीन व्यवसायिक अभ्यासहरू’ विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनले शैक्षिक आदान–प्रदान, अनुसन्धानको प्रवर्द्धन तथा पेशागत सञ्जाल निर्माणका लागि महत्वपूर्ण मञ्चको भूमिका निर्वाह गरेको कलेजले जनाएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रितल राणाले स्वागत मन्तव्य र उद्घाटन भाषणमार्फत गरेकी थिइन् । उनले व्यवसाय तथा प्रविधि शिक्षामा नवप्रवर्तन र दिगोपनको एकीकरणको आवश्यकता औंल्याइन् । विशेष अतिथि सुरिना गुरुङले भावी नेतृत्व निर्माणमा शैक्षिक क्षेत्रको भूमिकाबारे प्रकाश पार्दै समसामयिक चुनौती समाधानमा अकादमिक अभ्यासले महत्वपूर्ण योगदान दिन सक्ने बताइन् ।

सम्मेलन संयोजक डा.पदम डंगोलको संयोजनमा आयोजित कार्यक्रममा देशभरका विज्ञ, विद्वान, व्यवसायिक व्यक्तित्व तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। प्रमुख वक्ता डा.महेश महर्जन (सूचना प्रविधि) र डा. हरिराज रजौरे (व्यवस्थापन) ले बदलिँदो व्यवस्थापन अभ्यास, प्रविधिगत प्रगतिहरू तथा दिगो विकास हासिल गर्न तिनको भूमिकासम्बन्धी विचार प्रस्तुत गरे।

दिनभर सञ्चालन भएका सत्रहरूमा व्यवस्थापन, सूचना प्रविधि, आतिथ्य र पर्यटनका क्षेत्रमा दिगो र नवप्रवर्तनात्मक व्यवसायिक रणनीतिबारे गहन छलफलहरू भए ।  कलेजको अनुसन्धान विभागले छनोट गरेका १५ उत्कृष्ट अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए । यस सम्मेलनले विचार आदान–प्रदान, सहकार्य प्रवर्द्धन तथा दिगो विकासका लागि व्यावहारिक समाधानहरूको खोजीमा योगदान पुर्‍याएको कलेजले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८२ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App