१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा यातायात आवागमन एकतर्फी रूपमा अवरुद्ध भएको छ।

निरन्तर ढुंगा झरिरहेकाले यस सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।

सडक डिभिजन भरतपुरले एक सूचना जारी गर्दै पुलमाथिको ढिस्कोबाट लगातार ढुंगा खसिरहेको जानकारी दिएको हो। ढुंगा खस्ने क्रम नरोकिएकाले विशेषगरी रातको समयमा यात्रा गर्ने यात्रु र चालकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

"मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अवरुद्ध बनेको छ," डिभिजनले जारी गरेको सूचनामा भनिएको छ, "ढुंगा निरन्तर झरिरहेको छ। रातको समयमा यस सडक खण्ड हुँदै यात्रा गर्दै हुनुहुन्छ भने, कृपया सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरिन्छ।"

प्रकाशित: १६ आश्विन २०८३ २१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App