२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

दशैँ यात्रा व्यवस्थित बनाउन अध्ययन गरिँदै, विज्ञ तथा अनुभवीलाई जोडिन आह्वान

सांसद आशिष गजुरेलले यस वर्षको दशैँमा यात्रालाई व्यवस्थित, सुरक्षित र सहज बनाउन अध्ययन थालिएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले यातायात व्यवस्थापनमा विज्ञता, ज्ञान तथा अनुभव भएका व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान समेत गरेका छन्।

गजुरेलले दशैँ देशकै ठूलो पर्व भएकाले एक साताको अवधिमा लाखौँ मानिस यात्रा गर्ने र सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी हुन नसक्दा यात्रा अव्यवस्थित तथा असुरक्षित हुने गरेको बताएका छन्।

यसैलाई मध्यनजर गर्दै दशैँको यात्रा व्यवस्थापन र सुरक्षाका लागि अध्ययन गर्न लागिएको उनले जानकारी दिए। अध्ययनका लागि यातायात व्यवस्थापनसम्बन्धी विज्ञ, जानकार, अनुभवी तथा सहयोग गर्न इच्छुक व्यक्तिहरूको टिम निर्माण गरिने उनको भनाइ छ।

इच्छुक व्यक्तिहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गर्दै उनले सम्पर्कका लागि सचिवालय सदस्य नारायण पोख्रेलको मोबाइल नम्बर ९८५१४०३६६८ उपलब्ध गराएका छन्।

प्रकाशित: २० भाद्र २०८३ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App