२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०२सि बि२५२८ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा बढैयाताल गाउँपालिका–२ निवासी ५५ वर्षीय मोटरसाइकल चालक गणेशप्रसाद पाण्डे गम्भीर घाइते भएका थिए। उनको टाउको र पेटमा चोट लागेको थियो।

घाइते पाण्डेलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाइएकोमा बुधबार बिहान  चिकित्सकले मृत घोषणा गरेका थिए।

कार चालक बारबर्दिया नगरपालिका–३ निवासी २९ वर्षीय राघव ढकाललाई सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले प्रहरी उपरीक्षक रेशम बोहराले जानकारी दिए।

प्रकाशित: २७ श्रावण २०८३ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App