२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सात दिनअघि मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा परि घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ। गत साउन ३० गते साँझ ५:३० बजे सुमोको ठक्करबाट गम्भीर घाइते धनुषाका बिनोद लामाको उपचार गर्दागर्दै विराटनगरमा मृत्यु भएको हो।

धनुषाबाट धरानतर्फ जाँदै गरेको प्र २-०२-००३ प ३७०८ नं. को मोटरसाइकललाई इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको को १ च ८७९९ सुमोले मदन भण्डारी लोकमार्गको गाईघाट-बेलटार खण्डअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका ६ स्थित द्वारखोला पुलमा ठक्कर दिँदा ४५ वर्षीय लामा र पछाडि सवार ४५ वर्षकै सिफल सदा घाइते भएका थिए।

घाइते दुवै धनुषाधाम नगरपालिका ८ का स्थायी बासिन्दा रहेको बताइएको छ। लामा र सदाको बेलटारस्थित नगर अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर पठाइएकोमा लामाको उपचारकै क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। सदाको भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सुमो चालक त्रियुगा नगरपालिका ६ का ३६ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८२ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App