२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, दुई घाइते

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। 

मोरङको सुन्दरहरैँचा नगरपालिका ०७ सलकपुरस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १ ०१ ००१ ख ४३०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा को १० प ८१२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक धनकुटा छथर जोरपाटी गाउँपालिका १ का २० वर्षका अनिष बुढाथोकीको मृत्यु भएको हो। 

मोटरसाइकल पछाडि सवार मोरङ सुन्दरहरैँचा ७ का १९ वर्षका आशिष विक र १८ वर्ष हरिबहादुर विक घाइते भएका छन्। उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

ट्रक चालक २३ वर्षका राकेश खड्कालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २२ वैशाख २०८३ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App