३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर घाइते

सोमबार मध्यराति सदरमुकाममा सवारी दुर्घटना भई एक जनाको दुखद निधन भएको भने एक गम्भीर घाइते भएका छन्। 

राति १२:०५ बजे त्रियुगा नगरपालिका-१२ बुद्ध चोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी चालक सोही वडाका २४ वर्षीय हेमन्त सदाको निधन भएको हो।

स्थानीय जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि गम्भीर घाइते भएका चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारकै क्रममा १२:५० बजे सोही अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार सोही वडा १ सोनापुर बस्ने १८ वर्षीय राकेश सदाको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको नगर प्रहरी कार्यालय त्रियुगाको टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App