आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङमा २ हजार ५ सय बढीको जन्म हुँदा झण्डै १ हजार २ सय बढीको मृत्यु दर्ता भएको छ।
जिल्ला समन्वय समितिले तयार पारेको एकीकृत विवरण अनुसार यहाँका ९ स्थानीय तहले २ हजार ५ सय ३२ जनाको जन्मदर्ता र १ हजार २ सय २६ जनाको मृत्यु दर्ता गरेका छन्। फुङलिङमा ५ सय ४४ जनाको जन्मदर्ता हुँदा २ सय २१ जनाको मृत्युदर्ता भएको छ। सिदिङ्वामा ३ सय ४९ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्यु दर्ता भएको छ।
सिरिजङ्गामा ३ सय ६३ जनाको जन्मदर्ता र १ सय ४७ जनाको मृत्युदर्ता भएको छ। पाथीभरा याङ्वरक गाउँपालिकामा ३ सय ६३ जनाको जन्मदर्ता र १ सय २८ जनाको मृत्युदर्ता भएको छ। आठराई त्रिबेणी गाउँपालिकामा २ सय ४९ जनाको जन्मदर्ता र १ सय २९ जनाको मृत्यु दर्ता भएको छ। मैवाखोला गाउँपालिकामा २ सय ७३ जनाको जन्मदर्ता र १ सय ३५ जनाको मृत्यु दर्ता भएको छ।
मेरिङदेन गाउँपालिकामा ३ सय ७२ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्युदर्ता भएको छ। मिक्वाखोला गाउँपालिकामा २ सय ३१ जनाको जन्मदर्ता र १ सय २४ जनाको मृत्युदर्ता भएको छ। फक्ताङलुङ गाउँपालिकामा १ सय ५१ जनाको जन्मदर्ता र ९४ जनाको मृत्युदर्ता भएको छ।
जिल्ला समन्वय समितिका सूचना अधिकारी युवराज पौडेलका अनुसार पालिकाहरूको वार्षिक समिक्षाका क्रममा ल्याएका व्यक्तिगत घटना दर्ताका विवरणहरूलाई जिससले एकीकृत विवरणको रूपमा तयार गरेको हो।
व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराई, सम्बन्धविच्छेदसहितका विवरणहरू पर्ने गर्छन्। यी विवरणलाई प्रत्येक वडाका पञ्जिकाधिकारीमार्फत दर्ता गर्ने गरिन्छ।
प्रकाशित: २१ भाद्र २०८३ १४:२२ आइतबार





