१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

मानखोलामा बल्छी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

बर्दियाको बढैयाताल गाउँपालिका–२ सानीगाउँ निवासी ३५ वर्षीय गोपाल सुनार मानखोलामा मृत अवस्थामा फेला परेका छन्।

आइतबार दिउँसो करिब १२ः३५ बजे मानखोलामा बल्छी खेल्ने क्रममा सुनार एक्कासी लडेर बेपत्ता भएको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बीओपी जमुनीबाट कृष्णबहादुर थापाको कमाण्डमा ७ जना तथा प्रहरी चौकी जमुनीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर चन्दको कमाण्डमा ४ जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।

संयुक्त टोलीले खोजतलास गर्ने क्रममा सोमबार करिब १ः०० बजे गोपाल सुनारलाई मानखोलामै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र  प्रहरी प्रमुख दिनेश कुमार महतले जानकारी दिएको छ।

प्रकाशित: ११ श्रावण २०८३ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App