११ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

खोलामा नुहाउने क्रममा बेपत्ता बालक मृत भेटिए

खोलामा नुहाउने क्रममा वैशाख ५ गतेदेखि ताप्लेजुङस्थित तमोर नदीमा बेपत्ता ९ वर्षीय बालकको शव शुक्रबार भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्वु घर भइ हाल फुङलिङ नगरपालिका वडा नं २ बसोबास गर्दै आएका फुर्वा शेर्पाको शव फेला परेको हो। फुङलिङ नगरपालिका वडा नं २ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङको बिच भएर बग्ने तमोर खोलामा बेपत्ता फुर्वाको शव मेरिङदेन गाउँपालिका वडा नं ३ दोभानस्थित तमोर खोलाको किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

नाल्वो घर भएका निङ्मा शेर्पा छोरा फुर्वासहित सपरिवार फुङलिङ नगरपालिका वडा नं २ स्थित धोक्रे भन्ने स्थानमा स्थानीय हेमन्त श्रेष्ठकोमा बस्दै आएका थिए।

प्रकाशित: ११ वैशाख २०८३ ०७:४० शुक्रबार