२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

१२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय एक पुरुष पक्राउ परेका छन्। 

जिल्लाको जलजला गाउँपालिका ६ ठोट्नेरी निवासी ५३ वर्षीय गोरबहादुर विकलाई स्थानीय १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। 

घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। यस्तै, पीडित बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: १८ असार २०८३ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App