२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

चोरी भएको मोटरसाइकल चलाइरहेका एक जना पक्राउ

चोरी भएको मोटरसाइकल चलाइरहेका एक जना पक्राउ परेका छन्। 

काठमाडौंको तार्केश्वर नगरपालिका लोलाङ हाईटबाट बुधबार हराएको बा ७९ प ८७४६ नम्बरको मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरी बा ७३ प ९९६० नम्बर राखेर चलाइरहेको अवस्थामा तार्केश्वर नगरपालिका वडा नम्बर ७ नागपोखरीबाट एक जनालाई पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

हराएको मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। उनको परिचय भने प्रहरीले खुलाएको छैन।  

पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको भन्दै ट्राफिक प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ। 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित जानकारी गराउन र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रकाशित: १० वैशाख २०८३ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App