२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

मकवानपुर जिप दुर्घटना : गम्भीर घाइते महिलाको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते ६ जनामध्ये गम्भीर रहेकी ४९ वर्षीया लक्ष्मी बडुको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव सोही अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो। 

दुर्घटनामा न्यायाधीश डाँगी, रजिष्टार बैतडी दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते र लक्ष्मी बडु गम्भीर भएका थिए।

यो पनि पढ्नुहोस्

मकवानपुर गाडी दुर्घटना : मुख्य न्यायाधीशसहित घाइते ६ जनाको पहिचान खुल्यो (नामसहित)

प्रकाशित: २ भाद्र २०८३ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App