१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

तुई खोलामा पुल नहुँदा स्थानीयलाई खोला वारपार गर्न सास्ती भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन्। 

खोलामा पुल नहुँदा वर्षा सुरु हुनासाथ स्थानीयको दैनिकी कष्टकर र जोखिमपूर्ण बन्ने गरेको छ। स्थानीय गोविन्द नेपालीले तुइखोलामा पुल नहँुदा खोला वारपार गर्न सकस व्यहोर्नुपरेको बताए। 

खोला वारपारमा स्थानीय स–साना विद्यार्थीले कष्ट व्यहोर्नुपरेको छ। स्थानीयले पटकपटक स्थानीय सरकारसँग पुल बनाइदिन माग राख्दा सुनुवाइ नभएको उनीहरुको गुनासो छ।  

प्रकाशित: १७ कार्तिक २०८३ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App