८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

साउनको अन्तिम सोमबार : चार किलोमिटर घस्रँदै तालेश्वरनाथ मन्दिरमा जलार्पण

तिथि अनुसार साउन महिनाको अन्तिम सोमबार सयौँ श्रद्धालुले ४ किलो मिटर घस्रँदै ( लोट बम)तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पण गरेका छन्।

बाणगंगा नदीको रामघाट देखि ८ देखि १० घन्टा सम्म घस्रँदै उनीहरू मन्दिरमा पुगेर जल अर्पण गरेका हुन्। प्राचीन भागिरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुडी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुगेको थिए।

जलार्पण यात्राका लागि भक्तजनहरू आइतबार राति नै भक्तजनहरू नदीमा पुगेका थिए। कठिन यात्रा तय गरी उनीहरूले मन्दिरमा जल बिर्सजन गरेका हुन्।

साउन महिना शिवको प्रिय महिनाका रूपमा मानिन्छ। सयौँका सङ्ख्यामा  युवा यवुतीहरु, महिला, पुरुष घस्रँदै जलार्पण यात्रामा सरिक भएको तालेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए।

बोलबम यात्रामा नेपालको कपिलवस्तु रुपन्देही, अर्घाखाँचीसहित भारतको सिद्धार्थनगर, बलरामपुर लगायतका जिल्लाका समेत भक्तजनहरू सहभागी थिए।

भारतको सिद्धार्थनगर जिल्लाकी रेखा गुप्ताले यस पनि घस्रँदै भागीरथी नदीमा स्नान गरी १० घण्टामा तौलेश्वर नाथ मन्दिरमा पुगेकी थिइन्। भाइ दीपक गुप्तासँगै आएकी उनी आइतबार मध्यरात रामघाटमा स्नान गरी यात्रा सुरु गरेकी थिइन्।

सोमबार बिहान १० बजे उनी मन्दिरमा पुगेर जलापर्ण गरेकी थिइन्। उनले आफ्नो र पारिवारिक सुखका लागि यो पुण्य कार्य गरेको बताइन्। ‘ भालेनाथको आर्शिवादले सबै राम्रो हुन्छ’, उनले भनिन्।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका १० चेत्रादेईकी रिता यादवले यस वर्ष पहिलो पटक घस्रँदै जलयात्रामा सहभागी भइन्। आइतबार मध्यरातमा  नदीमा स्नान गरी घस्रँदै साढे ९ बजे उनी मन्दिरमा पुगेकी थिइन्।

‘भोले बावाले मेरो मनोकामना अवश्य पुरा गर्नुहुनेछ, उहाँले जे मागे पनि पुरा गर्नुहुन्छ’, उनले भनिन्।

साउनमा महिनामा पार्वतीले शिवको उपासनी गरेपछि शिवसँग विवाह भएको बताइन्छ। घस्रँदै जलार्पण गर्नाले महादेव खुसी हुने तथा मनाकांक्षा समेत पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

आइतबार राती नदी किनारमा भजन कीर्तन, नाचगान गरी उनीहरूले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए। तिथि अनुसारको अन्तिम साेमबार तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

प्रकाशित: ८ भाद्र २०८३ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App