२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको मैवाखोलामा पहिरोले दुई घर पुर्यो : दुई जना बेपत्ता, एक घाइते

फाइल तस्बिर

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले दुई घर पुर्दा दुई जना बेपत्ता भएका छन्। 

एक बालक घाइते भएको जानकारी प्राप्त भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए। मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडाका चेप्टे शेर्पा भनेर चिनिने लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको दुई घर पहिरोले पुरेको अध्यक्ष वनेमले बताए।

लाक्पाखाङ्डुको घरमा निजसहित उनका नातिनातिनाहरू बसेका थिए। दुई नातिनातिनामध्ये १२ वर्षीया नाति दारिञ्जी शेर्पा घाइते भएका छन् भने उनकी दिदी १४ वर्षीय मिङ्मा याङ्गी शेर्पा सकुशल रहेको जानकारी आएको वनेमले बताए। उनका अनुसार लाक्पाखाङ्डु र निमा रिञ्जिनकी श्रीमती बेपत्ता भएका छन्।

प्रकाशित: २५ भाद्र २०८२ १०:०७ बुधबार