७ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

तनहुँको छिरकनेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको व्यास नगरपालिका-१२ छिरकनेस्थित पृथ्वीराजमार्गमा आइतबार साँझ पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ।

माथिबाट खसेको पहिरोले राजमार्गको एक लेन पूर्ण रूपमा बन्द हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको हो।

प्रहरीका अनुसार बेलुका करिब पौने ८ बजे राजमार्गमा पहिरो खसेको हो। पहिरोले एक लेन बाटो पूर्ण रूपमा अवरुद्ध भएपछि अर्को लेनबाट समेत सवारीसाधन आवतजावत गर्न निकै असहज भएको छ।

पहिरोले सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिकसहित १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको छ।

त्यसैगरी, प्रहरी चौकी डुम्रेबाट समेत ५ जनाको टोली खटिएको छ। अहिले घटनास्थलमा खटिएको सुरक्षा टोलीले सडकको पहिरो पन्छाएर राजमार्ग खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८३ २१:१७ आइतबार