२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

फाइल तस्विर

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ। थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए। यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न उनकाे आग्रह छ।

प्रकाशित: १८ श्रावण २०८३ ०८:३२ सोमबार