१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ।

उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको हो।

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालत उपस्थित गराउन आदेश भएको थियो।

पत्रकार श्रेष्ठलाई प्रहरीले साउन २९ गते राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रकाशित: १ भाद्र २०८३ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App