२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

मनसुन बाहिरिएको ठानेर ढुक्क काठमाडौंवासीलाई अचानक पानीले झुक्यायो

क्याप्शन

मनसुन बाहिरिएको ठानेर ढुक्क भएका काठमाडौं उपत्यकावासी सोमबार अचानक वर्षा सुरु भएपछि दङ्ग परेका छन्।

यद्यपि, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी भने नपर्ने बताएको छ।

मौसमविद् विनु महर्जनका अनुसार केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार झरी पर्ने मौसमी प्रणाली छैन।

हाल मुलुकभर दुईवटा मौसमी प्रणाली सक्रिय रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव कायमै छ।

यस्तै कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रहरूमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App