३ मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको तेस्रो स्थानमा पुगेको छ।

विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान ११ः १८ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८१ पुगेको छ।

आइक्यु एयरका अनुसार पाकिस्तानको लाहोर विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। लाहोरको एक्युआइ ३२७ छ। यस्तै, दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको एक्युआइ २६१ छ।

यस्तै, चौथो स्थानमा भारतको न्यू दिल्ली रहेको छ भने पाँचौँ स्थानमा पाकिस्तानको कराचि रहेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ।

एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ। यस्तै, एक्यूआई  २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ।

प्रकाशित: ३ मंसिर २०८३ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App