१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जीको प्रदर्शनले काठमाडौं अस्तव्यस्त

काठमाडौंमा जारी जेन-जीको प्रदर्शनले यातायात अस्तव्यस्त भएको छ । एक्कासी प्रशासनले कर्फ्यू जारी गरेपछि नियमित काममा निस्किएका अलपत्र परेका छन् ।  

प्रदर्शनमा सहभागी हुन आएका जेन-जीहरू नेतृत्वविहीन भएर तितरवितर भएका छन् भने तीनकुने, नयाँबानेश्वर, माइतीघर मण्डला क्षेत्रमा कर्फ्यू जारी हुँदा जनजीवन थप प्रभावित भएको छ ।  

प्रशासनले बल प्रयोग गरेपछि आक्रोशित भएको जेन-जी पुस्ताले प्रतिवाद गर्दा घाइतेको संख्या पनि बढेको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App