लामो खडेरीले धान खेतीमा ठुलो क्षति हुने भएपछि कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले पानीको माग गर्दै इन्द्रेणी देवलाई गुहारेका छन्।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले इन्द्रदेवसँग पानीका लागि गुहार गरेका हुन्। उनले सुक्खाग्रस्त खडेरीबाट बचाउन समेत आग्रह गरे।
पानी नपरेकोले कपिलवस्तुमा अझै साढे पाँच हजार हेक्टर धानखेत बाँझै रहेको छ।
यस्तै जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लालाई सुक्खाग्रस्त घोषणाका लागि सिफारिस समेत गरेको छ।
प्रकाशित: १६ श्रावण २०८२ १०:०४ शुक्रबार




-600x400.jpg)
