८ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

सम्पर्कमा आउन फरार कैदीबन्दीलाई जुम्ला प्रशासनको निर्देशन

जुम्ला प्रशासनले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ ।  

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बिहीबार एक सूचना जारी गर्दै सम्पर्कमा नआउने कैदीबन्दीको हकमा कानुन बमोजिम हुने चेतावनी दिएका हुन् । उनले कारागार कार्यालय जुम्ला वा नजिकको सुरक्षा निकायमा जान भनेका छन् ।  

जुम्ला कारागारबाट भागेका ३६ मध्यृ ३० कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । मंगलबार फरार भएकामध्ये बिहीबारसम्म ६ जना सम्पर्कमा आएका हुन् । जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार प्रेमराजा महत, हिक्मत गिरी, डिली कार्की, भिमप्रसाद कडायत र हुकुम शाहीलाई जुम्लाबाट तथा दिनेश लावडलाई मुगुबाट नियन्त्रणमा लिइएको हो । 

प्रकाशित: २६ भाद्र २०८२ २२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App