२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

१३ घण्टापछि खुल्याे अवरुद्ध जयपृथ्वी राजमार्ग

जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ। राजमार्गको खोडपे-बझाङ सडकखण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो। सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आआफ्ना गन्तव्यतर्फ लागेका छन्।  

प्रकाशित: २९ श्रावण २०८२ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App