१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

पावरप्लेलगत्तै जनकपुरलाई पहिलो धक्का, स्कोर ४७/१

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले सात ओभरको समाप्तिमा १ विकेट गुमाएर ४७ रन बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको जनकपुरले पहिलो ६ ओभरको पावरप्लेमा बिनाकुनै क्षति ४५ रन जोड्दै बलियो स्थिति बनाएको थियो।

तर, पावरप्ले सकिएलगत्तै सातौँ ओभरको तेस्रो बलमा पोखराका अनुभवी स्पिनर शाकिब अल हसनले जनकपुरको ओपनिङ साझेदारी तोडेका छन्।

शाकिबले आक्रामक देखिएका मोइन अलीलाई २१ रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट गरे। अलीले १६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए।

अहिले क्रिजमा त्रित राज दास २३ बलमा ५ चौकासहित २५ रन बनाएर खेलिरहेका छन् भने उनलाई नयाँ ब्याटरका रूपमा सैफ हसनले साथ दिएका छन्।

यसअघि जनकपुरका ओपनरहरूले पोखराका तीव्र गतिका बलरमाथि दबाब बनाएका थिए। पोखराका लागि मेहदी हसनले पावरप्लेमा १ ओभर मेडन राखेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ १७:३५ आइतबार