१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सुन टल्काइदिने भन्दै भारतीय युवा जुम्लाका गाउँ घुम्दै, स्थानीयमा त्रास

पुरानो कालो भइसकेको सुन टल्काइदिने भन्दै भारतीय युवा जुम्लाका दुर्गम बस्तीमा पुगेका छन् ।  

यी युवा २० जनाभन्दा बढी छन् । तीन दिन अघिदेखि जुम्लाको सिंजा क्षेत्रमा उनीहरु सक्रिय भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । महिलाहरु भएको क्षेत्रमा जाने, सुन टल्काइदिने, गहना सजाइदिने, रंग्याइदिने भन्दै जबरजस्ती गर्ने गरेको पाइएपछि गाउँमा त्रास फैलिइएको छ । जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँकी फूलथुंगा शाहीले कानमा लगाएको सुन टल्काइदिने बाहनामा तौल नै घटाइ दिएको बताइन् । ‘कानमा लगाएको सुन कालो भएको भन्दै केही व्यक्ति आएर टल्काइदिने प्रस्ताव गरे । अपरिचित व्यक्तिले सुन टल्काइदिने भनेपछि बोल्न सकिन्,’ उनले भनिन्, ‘पछि तौल गर्दा त धेरै घटेको देखियो ।’  

उनका श्रीमान् विष्णु शाहीले गाउँमा सुन बनाइदिने भन्दै लुट्ने गिरोह सक्रिय भएको बताए । उनले भने, ‘भारतीय भेषमा गाउँमा धेरै मान्छेहरु पसेका छन । उनीहरु गहना बनाइदिने भन्दै त्रास फैलाइरहेका छन । यसले गाउँबस्ती त्रसिद बनेका छन ।’

फूलथुंगाले प्रहरी चौकी बड्कीमा निवेदन दिएकी छिन । उनको निवेदनको अनुसन्धान गर्दा २० जना भन्दा धेरै भारतीय गाउँ पसेको भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

अहिले उनीहरु प्रहरीको उच्च निगरानीमा छन । कनकासुन्दरी गाउँपालिकाको केन्द्र गोठिजिउलामा होटलमा बसिराखेको अवस्थामा प्रहरीले निगरानी गरिरहेको छ ।  

डीएसपी रबिनबाबु रेग्मीले भने, ‘उनीहरु उच्च निगरानीमा छन । जताबाट आएका हुन उतै फर्काइदिने तयारी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय कालिकोटसँग समन्वय भएर उनीहरुलाई कतै नरोकेर पठाइदिने तयारी भइरहेको उनले बताए । 

प्रकाशित: १५ भाद्र २०८२ १८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App