त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कतारबाटै काठमाडौं आएका एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन्।
प्रहरीका अनुसार अन्सारीको साथबाट ६९ दशमलव ६ ग्राम सुन बरामद भएको छ। दुवै जनालाई सुनसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ १४:४२ बिहीबार





