२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

तनहुँको बन्दिपुरमा अविरल वर्षाले घर भत्कियो

तनहुँको बन्दिपुर गाउँपालिका-२ तार्केमा अविरल वर्षाका कारण एक घर भत्किएको छ। यद्यपि, कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

मंगलबार राति परेको अविरल वर्षाले स्थानीय ७५ वर्षीय बेल बहादुर केसीको घरमा क्षति पुगेको हो। उनको एकतल्ले तथा एक कोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भाग भत्किएको छ।

बुधबार बिहान १० बजे घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बन्दिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले मानवीय र चौपाया क्षति नभएको, र घरमा मात्रै भौतिक क्षति पुगेको जनाएको छ।

प्रकाशित: १७ असार २०८३ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App