२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

असहायको सहारा व्यास नगर समता

व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ।

असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो। आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न, असहाय, वर्गका छन्। व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयलाई नमूना विद्यालय बनाउने सोच रहेको जानकारी दिए। विद्यालय विसं २०८० देखि सञ्चालनमा आएको हो।

प्रकाशित: २५ श्रावण २०८३ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App