मौसम प्रतिकूल भई भारी वर्षा र हिमपात हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म तीन दिनका लागि पदयात्रामा अस्थायी रोक लगाइएको जनाएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना औंल्याएको छ।
यसबाट हुनसक्ने सम्भावित मानवीय क्षतिलाई रोक्न जिल्ला सुरक्षा समिति मनाङको बिहीबार बसेको बैठकले पदयात्रा स्थगन गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यो अवधिभर विश्वप्रसिद्ध तिलिचो ताल, थोरङ्ला पास, आईस लेक, काङ्ग्ला पास, भिमथाङ क्षेत्र तथा जिल्लाका अन्य उच्च हिमाली भेगहरूमा पदयात्रा गर्न पाइने छैन।
मौसमजन्य विपद्को उच्च जोखिम रहेकाले जोखिमयुक्त यी क्षेत्रहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले बताएको छ।
यसैबीच, पदयात्राका क्रममा बाटोमै रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई तत्काल सुरक्षित स्थान वा नजिकैको होटलमा आश्रय लिएर बस्न प्रशासनले अनुरोध गरेको छ।
मौसममा सुधार नआएसम्म यात्रा अघि नबढाउन र सुरक्षा निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै पदयात्री तथा पर्यटन व्यवसायीलाई सचेत गराइएको छ।
मौसम प्रतिकूल भई भारी वर्षा र हिमपात हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म तीन दिनका लागि पदयात्रामा अस्थायी रोक लगाइएको जानकारी दिएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको चेतावनी दिएपछि मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समिति मनाङले यो निर्णय गरेको हो।
यसैगरी, पदयात्राका लागि बाटोमा निस्किसकेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुरक्षित स्थान वा नजिकैको होटल-लजमै बस्न र मौसममा सुधार नआएसम्म अघि नबढ्न प्रशासनले विशेष अनुरोध गरेको छ।
मौसमजन्य विपद्को उच्च जोखिम रहेकाले सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८३ १६:४९ बिहीबार




-600x400.jpg)
