२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा भारी वर्षा, साना नदी तथा बाणगंगाको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अर्घाखाँचीको सिमलपानी जलमापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।

जलमापन केन्द्रमा बुधबार दिउँसो १२ः०१ बजे गरिएको मापनअनुसार भारी वर्षा भएकाले सिमलपानी क्षेत्र तथा आसपास भएर बहने स–साना नदीमा जलसतह बढ्न सक्ने नेपाल बाढी सूचनाले जनाएको छ।

त्यस्तै, बाणगंगा नदीको तल्लो तटीय क्षेत्रमा समेत जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाइराख्न आग्रह गरिएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा अचानक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन भनिएको छ।

प्रकाशित: २१ आश्विन २०८३ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App