टिकटकर तुलसा अधिकारीको मुद्दामा आज जिल्ला अदालत ललितपुरबाट आदेश आउन सक्ने सम्भावना देखिएको छ।
हिजोदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबार पनि उनलाई प्रहरी हिरासतमै पठाइएको थियो। आज बहस सकिएमा न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने आदेश दिन सक्ने छन्।
अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा बहस भइरहेको छ। उनलाई आज अदालत ल्याउँदा हातमा हतकडीसहित ल्याइएको थियो।
तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा दायर भएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३ १२:०८ बिहीबार





