शुक्रबार र शनिबार देशका अधिकांश भू-भागमा भएको वर्षा क्रमशः कम हुँदै मौसममा सुधार आउन थालेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम बिस्तारै घटेको छ। विभागले शनिबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘हाल कोसी, बागमती र मधेस प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ। देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।’
यसअघि पछिल्लो २४ घण्टामा केही स्थानमा भारी वर्षा समेत मापन गरिएको थियो।
प्रकाशित: १४ कार्तिक २०८३ १५:१२ शनिबार





