३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

सरकारी अस्पतालमा बिरामीको चाप थेगिनसक्नु

फाइल तस्बिर

चितवनका दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ।

भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारीअस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो।

भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए।

उनीहरुले–भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा  उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताए। 

प्रकाशित: २९ जेष्ठ २०८३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App