२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनः घटनाको फुटेज खोज्न अर्घाखाँची प्रहरी सक्रिय

अर्घाखाँचीमा दिनभर निषेधाज्ञा र रातभर कर्फ्यु लागेको छ ।  

स्थानीय प्रशासनले जिल्लाभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।  

भदौ २७ शुक्रवार बेलुका ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्मका लागि जिल्लाभर कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए । अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन र जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन कायम गर्न कर्फ्यू लगाइएको उनले बताए ।  

प्रशासनका अनुसार कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन्।  

यसैबिच जिल्ला प्रहरी कार्यालयले भदौ २४ को प्रदर्शनमा भएको तोडफोड र आगजनीका घटनाका भिडियो फुटेज खोजी कार्यमा जुटेको छ ।  

आन्दोलनका क्रममा व्यक्तीगत तथा सार्वजनिक संस्थानमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै आगजनी, तोडफोड र उछ्रिङ्खल गतिविधीका तस्विर, भिडियो र लाईभ लिङ्कहरु खोजि गरिरहेको जनाएको छ ।  

सार्वजनिक रुपमै अपिल गर्दै प्रहरीले घटनाका तस्विर, भिडियो र लिङ्कहरु ईमेल गर्न आग्रह गरेको छ ।पठाउने व्यक्तीको गोपनियता राख्ने प्रहरीले प्रतिबद्धता व्यक्त समेत गरेको छ ।  

प्रदर्शनकारीहरूले गत मंगलबार बेलुका सन्धिखर्क नगरपालिका–१, हटारीमा रहेको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको निजी निवासमा तोडफोड र आगजनी गर्नुका साथै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।  

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समिति, वडा नम्बर १, वडा नम्बर २ को कार्यालयमा पनि तोडफोड भएको थियो । केही सरकारी गाडीहरूमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका थिए ।

प्रकाशित: २७ भाद्र २०८२ २३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App